२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डढेलो निभाउने क्रममा एकको मृत्यु

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) ८७०८ पाठक संख्या

कावासोती । नवलपुरको रजहरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं १७ रजहरको वन लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको हो ।

गत मंगलबार दिउँसो रजहरस्थित चौतारी सामुदायिक वनमा लागेको डढेलोे निभाउने क्रममा जलेर २२ वर्षीय दामोदर शर्मा खरेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएका खरेलको उपचारको लागि भरतपुर अस्पताल लगिएपनि थप उपचारका लागी काठमाडौंको कृर्तिपुर अस्पतालमा उपचारको क्रममा बैशाख १३ गते बुधबार मृत्यु भएको चौतारी सामुदायिक वनका अध्यक्ष लोकनाथ अर्यालले  जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%२%११%३%२०४%१३%

प्रतिक्रिया दिनुहोस