२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोलेसाग बन्यो आम्दानीको स्रोत

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) १७४८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीका कृषकहरुले खोले साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेपछि कावासोतिका स्थानीयले खोले सागको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कावासोती नगरपालिका आसपासका किसानहरु अहिले आफ्नो समय, जमीन र प्रसस्त पानिको सदुुपयोग गर्दै खोले साग रोपेर त्यसको स्याहार सम्भार गर्न र बिक्री गर्ने काममा ब्यस्त भएका छन् । यो साग बढि सिमसार क्षेत्र, चिसो, ओसिलो ठाउमा पाइने भएकाले पनि यसको नाम ठाउ अनुसार फरक रहेको पाईन्छ ।

Received_290035146682515

कार्तिक महिनामा खेत रोपाई गरे जस्तै गरेर रोपेको सागबाट अहिले मनग्य आम्दानि गरेका छन । रापेको एक महिनामै खान योग्य हुने र बजारमा यसको माग अत्यधिक भएकाले माग अनुुसार पुर्याउन नै समस्या भएको कृषक मोहनलाल महतोले बताउनुभयो ।

यहाँका कृषकहरुले यसबाट बर्षेनी १ लाख ५० हजार देखि १० लाख सम्म आम्दानी गर्ने गरेका छन् भने यो साग अहिले नारायणगढ देखि बुटवल सम्मका ग्राहकहरु खेतमै लिन आउने कृषक महतोले बताउनुभयो । साग खरिद गर्ने व्यवसायी खेतमा नै आउने हुँदा बजारको समेत समस्या नभएको उहाँको भनाई छ ।

अहिले किसानले घाँस काटे जस्तै गरि काटने र पानीमा डुुबाएर सफा गरी मुुठा बनाएर बिक्रीका लागि तयार पारीने अर्का कृषक लक्ष्मी महतो बताउनुुहुुन्छ । सुरुवातको कर्ममा ५ हजारको लगानिबाट थालिएको सागखेतीले अहिले सम्म त्यसबाट १ लाख ५० हजार सम्म आम्दानी भएको महतोले बताउनुभयो ।

Received_181044014845530

खोले सागको सेवन कब्जियत, कुपोषण, आँखाको समस्या भएकालाई लाभदायक हुने ठानिन्छ । खोले सागमा रोगव्याधि लाग्ने खतरा पनि ज्यादै न्यून हुन्छ । कुनैताका कावासोतीमा पहिचान र महत्व नपाएर त्यसै नास भइरहेको खोले सागले बजार पाउँदा किसान खुसी छन् । खोले साग कमाइको स्रोत बनेको छ ।

गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महीनामै उत्पादन लिन सकिने र एकपटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%२%१%१%२%

प्रतिक्रिया दिनुहोस