२०८२ कार्तिक १६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा रवि लामिछाने भारी मतान्तरले विजयी

२०८० बैशाख १२, मंगलबार प्रकाशित ( साल अघि) १५४५ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दोस्रो पटक विजयी भएका छन्। गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन्। लामिछानेले ५४,१७५ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्। लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् ।

उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए। नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस