२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कृषि उपज संकलन तथा बिक्री केन्द्र संचालन

२०८० बैशाख ११, सोमबार प्रकाशित ( साल अघि) ७८१ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु – १ पतवारीमा कृर्षि उपज संकलन तथा विक्रि केन्द्र संचालन भए संगै त्यहाँका कृषकहरु खुसि भएका छन् ।

स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न दुई सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगाएतका कृषि उपज विक्री वितरणका लागी किसानले बजार खोज्दै हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ संकलन केन्द्र संचालन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।

IMG 20230423 WA0013

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , युएनडिपि , कृषि शाखा चोरमारा र मध्यबिन्दु नगरपालिका गरी सबै क्षेत्रको सहयोबाट करिब ५० लाखको आर्थिक सहयोगमा संकलन केन्द्र स्थापना गरिएको हो ।

विगत ३ वर्ष यता स्थापना भएको भवन कोरोना तथा विभिन्न कारणवस संञ्चालन हुन नसकेको अवस्थामा अहिले भने यहाँबाट किसानले सेवा लिनथालेका छन् । बजारीकरणको समस्या संगै, उचित मुल्य नपाएका किसानहरुलाई अब यस केन्द्रबाट सेवा विस्तारमा सबै एकजुट भए कतैबाट पनि किसान ठगिन नपर्ने संकलन केन्द्रका अध्यक्ष हिम बहादुर केसिले बताउनुभयो ।

IMG 20230423 WA0005

तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिने गरेको बजार व्यवस्थापन समितिका संयोजक आन्नद राम भुसालले भन्नुभो ‘संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी नवलपुर देखि नारायणघाट हुदै पोखरा , काठमान्डौसम्म पुग्न थालेको छ ।

कोल्हुवा क्षेत्र तरकारी र फलफुल उत्पादनको हिसावले उर्बरभुमि मानिन्छ । चिसो हावा पानी भएको कोल्हुवा क्षेत्रमा रहेका अभिवन, गुडचरी, पतवारी ,लेढा र ब्रम्हस्थान लगाएतका ठाँउमा तरकारी र फलफुल प्रशस्तै उत्पादन हुने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस