२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मानव बेचबिखन विरुद्धको तालिम सम्पन्न  

२०८० बैशाख ११, सोमबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

काठमाडौ । मानव बेचबिखन विरुद्धको दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपाल र लैङ्गिक हिंसा नियन्त्रण संजालको संयुक्त आयोजनामा सम्पन्न तालीम काठमाडौ महानगरपालिका अन्तर्गत वार्ड १६ देखि ३२ का जनप्रतिनिधिहरुलाई दिइएको थियो ।

काठमाडौ महानगर पालिका सामाजिक बिकास बिभागको समन्वयमा भएको तालीमको पहिलो दिन बिभाग प्रमुख गोपाल पोखरेले,”मानव बेचबिखन तथा ओसारपसार अपराध नियन्त्रण गर्न सामाजिक सस्था र स्थानीय निकाय बिच समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।

बैशाख ७ र ८ गते भएको तालीममा मानव बेचबिखन अपराधमा लैङ्िगकताको असर, मानव बेचबिखनको अवधारणात्मक स्पष्टता, कानुनी अवस्था र मानव बेचबिखन रोक्न नेपाल प्रहरीले गदै आइरहेको कार्यको बारेमा प्रशिक्षण दिइएको थियो ।

यसै गरि जिल्ला प्रहरी परिसर टेकु का प्रहरी उपरीक्षक सिताराम रिजालले, “मानव बेचबिखनको श्वरुप फरक भएकोले अझै चुनौती थपिएको बताउनु भयो । रिजालले जनप्रतिनिधि , प्रहरी र  सस्था  यश विरुद्धको अभियानमा लाग्नुपर्नेूमा जोड दिनु भयो । यसैगरी जिएस आइएफ नेपालका प्रतिनिधि ट्स्किला निकोलसले , देशमा बढ्दै गइरहेको जघन्य अपराध रोक्न हामी नागरिक एक जुट हुनु पर्ने ू बताउनुभयो ।

दुई दिन सम्पन्न तालीममा करिब ३२ जना जनप्रतिनिधि र तीन नेपाल प्रहरीको सहभागिता रहेको थियो । तालिममा प्रशासकीय अदालत सदस्य रिता मैनाली , अधिवक्ता राजेन्द्र पोख्रेल , प्रहरी उपरीक्षक कृष्ण पङेनी र एट्विनका  कार्यकारी निर्देशक बेनुमाया गुरुङले प्रशिक्षण दिनु भएको थियो ।

शुभ अवसर ग्राम नेपाल २०५५ साल मा दर्ता भै महिला बालबालिका विरुद्ध हुने अमानवीय अपराधको विरुद्धमा कामहरु गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस