२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

२०८० बैशाख १०, आईतबार प्रकाशित ( साल अघि) १६९० पाठक संख्या

मध्यविन्दु । मध्यबिन्दु नगरपालिकाको गाडीले ठक्कर दिँदा एक नाबालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार दिउँसो मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा नगरपालिकाको निर्माण कार्य अनुमगन गर्न गएका बेला नगरपालिकाको बा २ झ २३१२ नम्बरको सरकारी गाडीले बालकको ज्यान गएको हो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं: १५ का धनिराम माझीका ४ बर्षीय छोरा आदित्य माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।  आईतवार साँझ ५ बजे घटना भएको जानकारी प्राप्त् भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको अनुसन्धान सहितको टोली घटनास्थल पुगेको डिएसपी पाठकले बताएका छन् ।

नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम नवप्रवर्दन कार्यक्रम तथा नगरपालिकाको अन्य योजना तथा कार्यक्रमको अनुगमन गर्न मध्यविन्दु १५ का वडा अध्यक्ष यम बहादुर केसि सहितका कर्मचारीहरु जादै गर्दा दुर्घटना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुले बताए । घटनाबारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१७%२%

प्रतिक्रिया दिनुहोस