२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

२०८० बैशाख १०, आईतबार प्रकाशित ( साल अघि) ७६९ पाठक संख्या

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरीको दुर्घटनामा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ भएको दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धामी बिहीबार साँझ राजपुरको ट्राफिक बिट जाँदै गर्दा उनले चलाएको मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%३%

प्रतिक्रिया दिनुहोस