२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको केराबारीमा शंकास्पद वस्तु फेला

२०८० बैशाख १०, आईतबार प्रकाशित ( साल अघि) ६७७ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासी अन्तर्गत महेन्द्रराजमार्गको अरुणखोला बजारबाट ६ किलोमिटर उत्तर खोल्सामा शंकास्पद वस्तु फेला परेको छ।

केराबारी भन्ने स्थानमा भेटिएको उक्त शंकास्पद वस्तु बम भएको आशंका भएपछि प्रहरी पुगेको र सेनालाई खबर गरिएको प्रहरी चौकी अरुणखोलाले जानकारी दिएको छ ।

शनिबार जंगल गएकाहरुले केराबारी भन्ने स्थानको जंगल नजिकको खोल्सामा प्वाल पारेर छोडिएको कालो पाइप जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले रातिदेखि नै त्यहाँ सुरक्षा दिएको छ । पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले गोला जस्तो वस्तु फेला परेको र अनुसन्धान जारी रहेको टेलिफोनमा बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस