२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना: नौ महिनामा २५ जनाको मृत्यु

२०८० बैशाख १०, आईतबार प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

कावासोती — पूर्वी नवलपरासीका विभिन्न स्थानमा गत नौ महिनाको अवधिमा भएका सडक दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । गत साउनदेखि चैत मसान्तसम्म भएका ६९ वटा सडक दुर्घटनामा परेर २५ जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार ती घटनामा १४ पुरुष, ८ महिला र ३ बालबालिकाको ज्यान गएको हो । सबै भन्दा धेरै मृत्यु मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको तथ्यांक छ ।

नौ महिनाको अवधिमा यहाँ ३४ वटा दुईपांग्रे सवारीसाधन दुर्घटनामा परेको तथ्यांक जिल्ला ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । करिब ५० प्रतिशत दुर्घटना दुईपांग्रे सवारी साधनबाट (मोटरसाइकल र स्कुटर) बाट भएको छ ।

अघिल्लो एक वर्षमा यहाँ भएका ९५ दुर्घटनमा ४१ जनाको ज्यान गएको थियो । दुर्घटना न्यूनिकरणका लागि प्रहरी सक्रियता बढे पनि लक्ष्य अनुसारको न्यूनिकरण हुन सकेको छैन । चालकको सचेतनाका लागि राजमार्गमा गस्ती बढाउँदै लगिए पनि मादक पदार्थ सेवन गर्ने र चोरबाटोमा सवारी हुइकाउने क्रम बढ्दो रहेको प्रहरीको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस