२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भन्सारछली ल्याएका ३५ लाखभन्दा बढीको अवैधसामान बरामद

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) ४३८ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा अवैध रूपमा भन्सार छली गरी ल्याएको करिब ३५ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार प्रहरीले बिनाबिलको कुर्ता सुरवालका कपडा, विभिन्न ब्राण्डका मोवाइल सेट, कस्टमेटिक सामाग्री, २२० बोरा युरिया मल गरी ३५ लाख ९१ हजार २२२ सय रुपैयाँबराबरको सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग।२ ख १५०३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिनाबिलको विभिन्न सामग्रीहरु , लत्ता कपडा सहित ट्रकलाई प्रहरीले निन्त्रणमा लिएको थियोे ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिवेणी नवलपरासी पुर्ब पठाइएको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो । चालु आर्थिक वर्षमा हालसम्म ५ करोड १ लाख ७७ हजार ६२ रुपैँया बराबरका भन्सार छलीका सामाग्री नियन्त्रणमा लिएर राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस