२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको पनौतीमा ६ दिने व्यावसायक तालिम सम्पन्न

२०८० बैशाख ८, शुक्रबार प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु – ४ पनौतीमा ६ दिने व्यावसायीक पशुपन्छी पालन तालीम सम्पन्न भएको छ । नेपाल राष्ट्रीय भूतपूर्व  सैनिक संघको आयोजनमा सञ्चालन भएको तालीम शुक्रबार सम्पन्न भएको हो ।

मध्यविन्दु नगर सभापति सीताराम थनेतको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिती ( अ.प्रा ) महा-सेनानी धर्म प्रसाद कंडेलले परम्परागत रुपमा गरीरहेको पशुपालन ब्यवसायलाई छोडेर सानो लगानी भएपनि ब्यवसायिक रुपमा पशुपालन गर्न सके आर्थिक लाभ लिन सकिने उहाँको भनाइ थियो । कृषि र पशु सेवालाई प्रथामिकतामा राखेको र अझै यस्ता खालको कार्यक्रमको आयोजना गर्न संघका सम्बन्धित निकायमा छलफल गरिरहेको कंडेलले बताउनुभयो ।

Received_245036094599859

उक्त तालिममा ३० जना सहभागि भएका थिए भने तालिमको प्रशिक्षकमा मध्यबिन्दु पशु शाखा कार्यालयका प्रमुख ज्ञान प्रसाद भट्टराई र डा. सन्तोष केसी लगाएतले सहजकर्ता रहेको कार्यक्रको सञ्चालन बिष्णु न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न रोगहरुबाट पशुपक्षीलाई कसरी बचाउन सक्किन्छ, हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, गोठ सुधार गरी र गाई, भैंसी, कुखुरा लगायत उन्नत जातका पशुपालन, थुनेल, उन्नत जातका बर्सीन उसको, प्रजनन एवम् मुत्र प्रणाली, टानीक, रगत, इन्जेक्सन, सिरिन्जी, भिटामिन, हार्मोन , उन्नत जातका माछा पाल लगायत पोखरी सरसफाईको बारेमा तालिम दिइएको शाखा प्रमुख भट्टराईले जानकारी गराउनुभयो ।

Received_540377754926847

उक्त समापन कार्यक्रममा नेपाल राष्ट्रीय भूतपूर्व  सैनिक संघका अ.प्रा-सेनानी नारायण खड्का , जिल्ला कोषाध्यक्ष मदन काफ्ले , जिल्ला सदस्य नर बहादुर हमाल , बिष्णु पण्डित , वडा अध्यक्ष डिल्लीराम महतो , नगर उपाध्यक्ष गुनाखर चापागाई , रामचन्द्र खनाल र गीताराम भुसाल लगायतको उपस्थिति रहेको थियो ।

Received_3124077861226398

तालिम पश्चात कृषकहरुले अबका दिनमा कृषि व्यवसाय गर्न थप ज्ञान बढेको भन्दै आगामी दिनमा पनि यस्ताखाले तालिमहरु निरन्तर हुनुपर्ने बताएका छन् । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस