२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ५३ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) ३३८ पाठक संख्या

कोल्हुवा । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्याउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।

जन्मेको ६ महिनादेखि ५९ महिना उमेरका सबै बालवालिकालाई खुवाईने भिटामिन ए र १२ महिनादेखि ५९ महिना उमेरका बालबालिकालाई दिईने जुका विरुद्धको औषधि अभियानमा सत प्रतिसत बालवालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले अनुरोध गर्नुभएको हो ।

नवलपुर जिल्लामा यसवर्ष २७ हजार १४ बालवालिका भिटामिन ए औषधि खाने उमेरका बालवालिका र २६ हजार ३ सय ४ जुकाको औषधि सेवन गर्ने उमेरका बालवालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ । यसअघि कार्तिक २ र ३ गते सञ्चालित अभियानमा २५ हजार ८ सय ९ बालबालिकाले भिटामिन ए प्राप्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस