२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

मदनपुर ग्रीन भ्याली बोर्डिङ स्कुलकी गृश्मा अर्यालले ल्याइन् ४ जीपिए

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) १२२५ पाठक संख्या

कोल्हुवा । मदनपुर ग्रीन भ्याली ई. बोर्डिङ स्कुलकी गृश्मा अर्यालले ४ जीपिए ल्याएकी छन् । मध्यबिन्दु नगरपालिकाले कक्षा ८ को बोर्ड परीक्षाको परीक्षाफल मंगलवार सार्वजनीक गरेको नतिजा अनुसार उनले ४ जीपिए ल्याएकी हुन् ।

बालकक्षा देखि मदनपुर ग्रीन भ्यालीमा पढ्दै आएकी गृश्मा लगनशील एवं मेहनती छात्रा रहेको प्रिन्सिपल गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो । अर्यालले गृश्माको नतिजाले विद्यालय परिवारलाई नै हर्षित बनाई थप उर्जा प्राप्त भएको बताउनुभयो। “उनी पढाईमा मात्र नभई अतिरित्त कृयाकलपामा समेत उत्तिकै अब्बल थिइन्, अर्यालले भन्नुभयो ।

कक्षा ८ को बोर्ड परीक्षामा ४ जीपीए ल्याएकी गृश्माले आफूले सोचेअनुसारको नतिजा आएकोे बताइन्। ‘भविष्यमा डाक्टर बन्ने चाहना छ,’ उनले भनिन् ‘नतिजाले खुसी लागेको छ । अझ मिहिनेत गरी पढ्छु । साथै उनले विज्ञान र गणित मात्र नभई सबै बिषयलाई उत्तिकै ध्यान दिएर पढ्नुपर्ने सुझाब दिईन । परीक्षामा मात्र पढ्ने बानीले सफलता पाउन नसकिने उनको बुझाई छ । गृश्माले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् ।

मध्यविन्दु नगरपालिकाले गत चैत्त ५ देखि १४ गतेसम्म संचालन गरेको नगर स्तरीय परीक्षामा मदनपुर ग्रीन भ्याली स्कूलबाट यस वर्ष २१ जना विधार्थी परीक्षामा सहभागी थिए । जसमध्ये एक जनाले ४ जीपिए, ४ जनाले ३.८५ जीपीए सहित ८ जना बिधार्थीले ए प्लस, ६ जनाले ए र ७ जनाले बि प्लस उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएको प्रिन्सिपल गोपीकृष्ण अर्यालले बताउनुभयो ।

त्यस्तै नगरस्तरीय परिक्षामा यस वर्ष नगरपालिकाका दुई वटा विद्यालय नवजागरण नमुना माध्यमिक विद्यालयका विद्यार्थी सीजल पंगेनी र मदनपुर ग्रीन भ्याली ई.बोर्डिङ स्कुलबाट गृश्मा अर्यालले ४ जीपिए ल्याउन सफल हुनुभएको नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । मध्यबिन्दु नगरपालिका भरिमा यी दुई विद्यालयले मात्र ४ जीपिए ल्याउन सफल भएको उहाँको भनाई छ । नगरस्तरीय कक्षा ८ को बोर्ड परीक्षामा ८९.६७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन्न ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%६%३%२%१%

प्रतिक्रिया दिनुहोस