२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कक्षा ८ बोर्ड परीक्षाको नतिजा प्रकाशित, ८९.६७ प्रतिशत परीक्षार्थी उतीर्ण

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) ६७६ पाठक संख्या

कोल्हुवा ।  कक्षा ८ को बोर्ड परीक्षाको परीक्षाफल ( नजिता ) मंगलवार प्रकाशित गरिएको छ ।

मध्यविन्दु नगरपालिकाले गत चैत्त ५ देखि १४ गतेसम्म सँचालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा हिजो प्रकाशित गरेको छ ।

नगरपालिका भित्रको विभिन्न समुदायिक तथा संस्थागत विद्यालयका परीक्षार्थीहरु सहभागी भएको उक्त परीक्षाको परीक्षाफल भने लेटर ग्रेडिँग प्रणालीबाट प्रकाशित गरिएको हो ।

IMG 20230412 WA0004

मध्यविन्दु नगरपालिका भित्रको ९ वटा परीक्षा केन्द्रमा लिइएको परीक्षामा ९ सय ७७ जना परीक्षार्थी सहभागी मध्य ८ सय ७७ जना उतीर्ण भएको नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 

नगरस्तरिय परिक्षामा यस वर्ष नगरपालिकाका २ वटा विद्यालय नवजागरण नमुना माध्यमिक विद्यालयका विद्यार्थी सीजल पंगेनी र मदनपुर ग्रीन् भ्याली बोर्डिङ स्कुलबाट ग्रीष्मा अर्यालले ४ जीपिए ल्याउन सफल हुनुभएको रेग्मीले बताउनुभयो ।

परिक्षामा सहभागि मध्येबाट १०० जना एनजीमा परेका छन् । एनजीमा परेका विद्यार्थीहरुको ग्रेड वृद्धिको लागि यहि वैशाख १२ गते ११ बजे नवजागरण माविमा परिक्षा हुनेछ । नगरस्तरीय परीक्षामा ८९.६७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%

प्रतिक्रिया दिनुहोस