२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दलित जागरण नेपालको तेस्रो राष्ट्रिय अधिवेशन हुने

२०८० बैशाख ५, मंगलबार प्रकाशित ( साल अघि) ३५५ पाठक संख्या

देवचुली । दलित जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशन नवलपुरमा हुने भएको छ । दलित जागरण अभियान नवलपुर क्षेत्र नं: १ ले पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय अधिवेशनबारे जानकारी गराएको थियो ।

दलित जागरण अभियानका केन्द्रिय अध्यक्ष भिमबहादुर परियारका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं: १३ मा बैशाख ८ गते अधिवेशन हुने छ । अधिवेशन उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिपार्ली ठकुरी आउने बताइएको छ ।

अध्यक्ष परियारका अनुसार यस अघिको अधिवेशन पोखरा र सर्लाहीमा भएको थियो । नवलपुरमा आयोजना हुने अधिवेशनलाई व्यापक बनाउने गरि तयारी अघि सारेको जानकारी गराउनुभयो । अझै पनि दुर्गम क्षेत्रमा दलित अन्यायमा परेको र त्यो अन्यायको विरुद्धमा आवाज निकाल्न प्रेरण दिने कार्यक्रम अधिवेशनकै दौरानमा राख्ने जानकारी गराए ।

तेस्रो राष्ट्रिय अधिवेशनमा देशभरका पालिकाबाट एक प्रतिनिधि, त्यस्तै दलित समुदायका व्यक्ति, राष्ट्रि«य स्तरका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस