२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा भोलिदेखी सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

२०८० बैशाख ४, सोमबार प्रकाशित ( साल अघि) ५८५ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा भोलिदेखि शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को तेस्रो त्रैमासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्ष्यित गरि बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बैंकका शाखा प्रबन्धक अधिकारीले बताउनुभयो ।

सिटिजन्स बैङ्कको शाखा कार्यालय कोल्हुवाले वडागत ठाँउ ठाँउमा बैशाख ५ गतेदेखि १९ गतेसम्म  शिविर सञ्चालन गरेर भत्ता वितरण गरिने भएको छ । बैशाख ५, ६ र ७ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई बितरण गरिने छ । बैशाख ५ गते सेतापानीमा शान्ती आधारभूत विद्यालयको खाली भवनमा भुक्तानी शिविर सञ्चालन हुने छ । बैशाख ६ गते भने अभिवन र गुडचरीको लागी नव–दुर्गा मन्दिरमा भुक्तानी शिविर रहनेछ । बैशाख ७ गते पतवारीका लागि वडा कार्यालयमा भुक्तानी शिविर सञ्चालन हुनेछ ।

यस्तै बैशाख ८, १० र ११ गते वडा नम्बर २ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । बैशाख ८ गते नन्दपुर र सेहरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुनेछ । बैशाख १० गते भने राधाकृष्ण टोलमा भुक्तानी शिविर सञ्चालन हुने छ । बैशाख ११ गते कोल्हुवा र चनौली टोल शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

त्यस्तै बैशाख १२, १३, र १४ गते वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने छ । बैशाख १२ गते भने लेढा र ब्रम्हस्थानको लागी लेढाको पुस्तकालयमा शिविर संचालन हुनेछ । बैशाख १३ गते इटौरामा र  १४ गते  रतनपुरमा बैंकले शिविर संचालन गर्ने छ ।

त्यस्तै बैशाख १५, १७ र १९ गते वडा नम्बर ४ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । बैशाख १५ गते घमपुरा र पनौतीको लागि स्वास्थ्य चौकी भवनमा शिविर संचालन गरिनेछ । बैशाख १७ गते भने लुसलहरीको लागि नारायणी सह–लगानी भवनमा सामाजिक सुरक्षाभत्ता वितरण गरिनेछ । बैशाख १९ गते मदनपुरको लागी पञ्चपाण्डव भवनमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्क कोल्हुवा शाखा जनाएको छ ।

त्यस्तै बैंकमा आउन नसक्ने अपाङ्ग,अशक्त, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस