२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु

२०८० बैशाख ४, सोमबार प्रकाशित ( साल अघि) ५१०० पाठक संख्या

नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–१७ पट्खौलीमा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामग्राम–१२ कुनुवार बस्ने ६० वर्षीय गणेश प्रसाद हरिजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापश्चिम० का सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनु भयो ।

उहाँका अनुसार आज साझ जिल्लाको रामग्राम– १७ पठ्खौली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश २–०३–००१ क ११३२ नं। को खाली टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते हरिजनको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुचना अधिकारी पाण्डेले बताउनु भयो । ठक्कर दिने टिप्परका चालक फरार छन् । दुर्घटना लगत्तै स्थानीयले ठक्कर दिने टिप्परमाथी ढुंगामुढा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%७%१%३१%४%

प्रतिक्रिया दिनुहोस