२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नयाँ वर्षमा नारायणी नदी स्नान गर्न तिर्थालु्को भीड

२०८० बैशाख १, शुक्रबार प्रकाशित ( साल अघि) ६६८ पाठक संख्या

कोल्हुवा । नयाँ वर्षको पहिलो दिन आज बिहान देखि नारायणी नदी किनारमा स्नान गर्न तिर्थालुहरुको भीड लागेको छ ।

हिन्दू परम्परा र संस्कृति अनुसार नयाँ वर्षको पहिलो दिन नदीमा पूजा आराधना गर्दै स्नान गर्ने प्रचलन भएकोले पनि तिर्थालुहरुको भीड लागेको हो । आज बिहान सबेरैदेखि नारायणी नदीको किनारमा मानिसहरुको भीड लागेको थियो ।

FB_IMG_1687854483683

नयाँ वर्षका दिन नारायणी स्नान गरी नजिकका मठमन्दिरमा पुजाआजा गरेर ब्राम्हण र दिनदुखिलाई दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेकाले पनि स्नान गर्न आउनेको घुइचो लागेको छ । बिहानैदेखि बच्चा देखि बृद्धबृद्धाहरुको नदी किनारमा घुइचो लागेको छ ।

साथै नारायणी दिव्यधाममा स्थापना गर्न लागिएको १०८ शिवलिङ्गको लागि सहयोग संकलनका लागि मन्दिरमा पूजासँगै भजनकृतन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस