२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ

२०७९ चैत्र २९, बुधबार प्रकाशित ( साल अघि) २२१७ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटमा जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रीता पौडेलको कमाण्डमा खटिएको प्रहरीको टोलिले उनिहरुलाई हिजो साँझ पक्राउ गरेको हो ।

गैँडाकोट नगरपालिका वडा नं: ४ मा रहेको गैँडाकोट मिनिमार्टको हाताभित्र रहेको अमृता खाजा घरको कोठाभित्र जुवा खेलिरहेका उनिहरुलाई प्रहरीको टोलिले खालबाटै पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट ३ बुक तास र नगद ५३ हजार रुपैँया समेत बरामद भएको डिएसपी सन्तोष पाठकले जानकारी दिए । पक्राउ पर्नेमा गैँडाकोट १ का २४ वर्षका विष्णु सापकोटा, वर्ष ४३ का हरि भुजेल, बर्ष ४७ का नागेश्वर तब्दार, गैँडाकोट ८ का ४२ वर्षका राजु लामा र भरतपुर २ का ५४ वर्षका राधिका बान्तवा रहेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको र अनुसन्धान भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%५%१%

प्रतिक्रिया दिनुहोस