२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिक देखि ट्रायलका सबै सेवा स्थगित

२०७९ चैत्र २९, बुधबार प्रकाशित ( साल अघि) ३३४४ पाठक संख्या

चितवन–चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ ।

केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा ट्रायल सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ ।

सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो मंगलबार वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए । आज हुने भनेको ट्रायल परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

केन्द्रीय सर्भरमा आएको समस्या समाधान भएपछि वायोमेट्रिक देखि ट्रायलसम्मका कामको नयाँ सूचना जारी गरिने भुजेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%७%१४%१%१०%२७%

प्रतिक्रिया दिनुहोस