२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाका प्रधानाध्यापकहरुको लागि ७ दिने विचारशीलता शिविर सम्पन्न

२०७९ चैत्र २८, मंगलबार प्रकाशित ( साल अघि) ६२८ पाठक संख्या

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको लागि ७ दिने विचारशीलता शिविर सम्पन्न भएको छ ।

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरको समग्र शैक्षिक क्षेत्र विकासको लागि आयोजना गरिएको शिविर व्यबहारमा नउतारदा सम्म फलदायी हुने भन्दै व्यवहारिक हुन आग्रह गर्नुभयो ।

मध्यविन्दु नगरपालिकामा शैक्षिक सिकाईलाई थप प्रभावकारी र समयअनुकुल बनाउन ह्याप्पीनेश करिकुलम लागु गर्ने गरी नगरको तयारी अन्तरगर्तका कार्यहरुमा सबैको साथ सहयोगबाट सफल हुने कुरामा जोडदिनु भयो ।

IMG 20230411 WA0016

अघिकारीले विद्यालयका प्रधानाध्यापकहरुको लागि सञ्चालन गरिएको शिविरलाई विद्यालयका सबै शिक्षकहरु र अभिभावक सम्म पु¥याउन आग्रह सम्मेत गर्नु भयो ।

मन्तव्य राखने क्रममा वडा नं १ का वडा अध्यक्ष तिलक राम न्यौपानेले जव सम्म शैक्षिक क्षेत्रको विकास गर्न सकिदैन तव सम्म विकासका कुनै पाटा नखुल्ने र नदेखिने भन्दै यो कार्यक्रम समय सापेक्षिक रहेको बताउनु भयो ।

IMG 20230411 WA0012

त्यसै बिच शैक्षिक क्षेत्रमा २५ प्रतिशत बजेट वडाले छुटउदै शैक्षिक क्षेत्रको विकासमा लागी पर्ने वडा नं ३ का वडा अध्यक्ष मान बहादुर महतोले बताउनु भयो ।  समग्रमा शिविरमा उपस्थीत सहभागीहरुले आफुहरुले अहिले सम्म लिएका तालिमहरु भन्दा उत्कृठ संगै जिबन उपयोगी तालीम रहेको बताएका थिए । नगरले चालेको यो कदमको प्रस्मशा गर्दे आगामी दिनहरुमा पनि यस्ताखाले तालीमलाई निरन्र्तता दिन आग्रह गरेका छन् ।

समापन कार्यक्रममा नगर उपप्रमुख पुर्ण कला चौधरी,वडा नं १ का वडा अध्यक्ष तिलकराम न्यौपाने,२ का रामभक्त अधिकारी,३ का मान बहादुर महतो र ४ का डिल्ली राम महतो लगाएतको उपस्थिति र प्रध्यानध्यापक तथा सहायक प्रध्यानध्यापक ,प्रतिनिधि गरी नगरभरिका ६० जना भन्दा बढिको उपस्थीतिमा कार्यक्रम सम्मपन्न भएको थियो ।

IMG 20230411 WA0013

चैत २२ गते देखि २८ गते सम्म सञ्चालनमा रहेको शिविरमा इन्डीयाबाट श्रवण कुमार शुक्लाले प्रशिक्ष गराउनु भएको हो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस