२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा महिला संचारकर्मीलाई वित्तीय साक्षरता अभिमुखीकरण

२०७९ चैत्र २८, मंगलबार प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

मीना कंडेल

कावासोती । पुर्ब नवलपरासीका महिला संचारकर्मीलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम गरिएको छ । नवलपुरको वातावरण पत्रकार मञ्च र पौरखी साकोसको सयुत आयोजनामा नवलपुरमा रहेका कृयाशिल महिला पत्रकारलाई वित्तीय साक्षरता अभिमुखीकरण दिइएको हो ।

वित्तीय शिक्षा प्रवर्धन र नेपालमा महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले सो सञ्चालन गरिएको थियो ।
कार्यक्रममा महिलालाई वित्तीय साक्षरताले खर्च गर्ने बानी, लगानी र आवश्यकता र चाहनाबीचको भिन्नतालाई कसरी परिवर्तन गर्छ भन्ने कुरा सिकाएर महिलाको जीवनमा प्रभाव सिर्जना गरेको छ ।

महिलाहरूले आफ्नो घरायसी खर्चको ज्ञान हुनुको महत्वका बारेमा पौरखी साकोसका व्यवस्थापक निलकण्ठ पराजुलीले बताउनु भएको थियो । यसले कसरी बजेट फाइनान्सले उनीहरूलाई आफ्नो र आफ्नो परिवारको लागि राम्रो गुणस्तरको जीवन बिताउन नेतृत्व गर्न सक्छ भन्ने कुरामा सकारात्मक प्रभाव पार्न सक्षम भयो ।

महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित बनाउने र आर्थिक स्वतन्त्रता र वित्तीय साक्षरता सम्बन्धी तालिम आवश्यक रहेकाले संचारकर्मी महिलालाई अभिमुखीकरण दिइएको हो । उनीहरूलाई डिजिटल वित्तीय माध्यमको परिचय गराइयो र उनीहरूले आफ्नो वित्तीय स्रोतहरू बचत, लगानी र सुरक्षित गर्ने उद्देश्यले बैंक खाता खोल्न आर्थिक रूपमा दिगो बन्न र आफ्नै व्यक्तिगत बचत खाताहरू सिर्जना गर्न मद्दत गर्न केन्द्रित रहेको बातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोईरालाले बताउनु भयो ।

हरेक क्षेत्रमा आबद्ध रहेर कार्य सम्पादन गर्ने महिलाहरुका लागि वित्तीय साक्षरता तालिम प्रभावकारी रहेको कार्यक्रममा सहभागी पत्रकार धनु भुसालले बताउनु भयो । उहाले भन्नुभयो महिलाहरूलाई आफ्नै आर्थिक निर्णयहरू लिनको लागि थप जिम्मेवार बनाउँन यस्ता तालिमले टेवा पुग्नेछ ।

त्यस्तै कार्यक्रममा वोल्दै वित्तीय साक्षरता र महिला सशक्तिकरण सँगसँगै जान्छ । महिलाहरूको वित्तीय साक्षरता वृद्धिले उनीहरूलाई आफ्नो जीवन र करियर लक्ष्यहरू अझ प्रभावकारी रूपमा प्राप्त गर्न मद्दत पुग्ने पत्रकार मीना कंडेलले बताउनुहुन्छ । सुरक्षित वित्तीय संस्थाहरूमा बचत जम्मा गर्न, लगानी गर्न र उनीहरूको स्थिर वित्तीय भविष्य सुरक्षित गर्न पनि सिकाएको छ । कार्यक्रममा नवलपुर जिल्लामा रहेर स्थानीय तथा राष्ट्रिय स्तरका संचार माध्याममा आबद्ध महिला संचारकर्मीको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस