२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

‘मौलाकाली केबलकार’ बैशाख १ गतेदेखि सुरुहुने

२०७९ चैत्र २८, मंगलबार प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोटमा निर्माणाधीन मौलाकाली केबलकार बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले नयाँवर्षको अवसरमा बैशाख १ गतेदेखि केबलकार सञ्चालनको तयारी गरेको हो ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका बैशाख १ गतेबाट केबलकार संचालनमा आउने भएको हो । औपचारिक उद्घाटन केहि ढिला भएपनि बैशाख १ गतेबाट यात्रुहरुहरुलाई केबलकार मार्फत सेवा उपलव्ध गराईने भएको हो ।

एकहजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

मौलाकाली केबलकार संचालनमा ल्याउनुअघि अहिले हरेक दिन परिक्षणको काम भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%२%

प्रतिक्रिया दिनुहोस