२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

रेडक्रस कोल्हुवा उपशाखाको साधारण सभा सम्पन्न

२०७९ चैत्र २७, सोमबार प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

कोल्हुवा । नेपाल रेडक्रस सोसाइटी कोल्हुवा उपशाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ऋषिराम कँडेलको प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कँडेलले रेडक्रस मानव सेवाको एउटा उत्कृष्ट संस्था भएको बताउदै स्थानीय निकायले रेडक्रसलाई सकरात्मक रुपले अवलम्बन गदै अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।  उहाँले भन्नु भयो , आफुहरुले रेडक्रस बारे जनप्रतिनिधिलाई बुभाउन नसकेको हो कि ?  जनप्रतिनिधिहरुले बुझ्न नसकेको भन्दै दुई सम्बन्ध विच ज्ञापीङ भएको बताउनुभयो ।

IMG 20230410 WA0033

बताउने क्रममा उहाँले यस्  क्षेत्रको भुगोल बाढी, डुवान र सर्व दंर्शंको उच्च जोखिम रहेको भन्दै संस्थाबाट सेवा प्रभाह गर्ने बातावरण संस्थाको भवन निर्माण पछि अझ सहज र व्यवस्थीत हुने बताउनुभयो ।

त्यस्तै उक्त कार्यक्रमको विषेश अतिथीहरुमा वडा नं ३ का वडा अध्यक्ष मान बहादुर महतो , मध्यविन्दु  १ का अध्यक्ष तिलकराम न्यौपाने, रेडक्रसको पुर्व जिल्ला मन्त्रि काशिराम पाठक, जिल्ला कोषाध्यक्ष बेद प्रसाद न्यौपाने, पुर्ब उपमेयर ओम कुमारी महतो, जिल्ला समन्वय समितिका सदस्य लोकनाथ अर्याल लगाएतले शुभकामना मनव्य राखेका थिए ।

IMG 20230410 WA0029

कार्यक्रमको बार्षिक प्रतिबेदन भने कोषाध्यक्ष युक्त नारायण अर्यालले  प्रस्तुत गर्नुभएको थियोे । संस्थाका उपसभापति रेशम बहादुर थापा क्षेत्रीले स्वागत र सचिव पुण्य प्रसाद बस्यालले कार्यक्रमको संचालन गर्नु भएको हो । यो उपशाखाको नया नेतृत्व पनि केही दिनमा चयन हुने छ ।

IMG 20230410 WA0020

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस