२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा कानुनी सचेतना तालिम सुरु

२०७९ चैत्र २७, सोमबार प्रकाशित ( साल अघि) ९३५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा कार्यपालीका सदस्य तथा वडा महिला सदस्यका लागी ३ दिने कानुनी सचेतना सम्बन्धी तालिम सुरु भएको  छ ।

ऐन कानुन बारे सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको तालिम ३ दिन सञ्चालन हुनेछ । नगर उपप्रमुख पुर्णकला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकका रुपमा अधिवक्ता भुपेन्द्र खनालले प्रशिक्षण गराउनु हुनेछ ।

IMG 20230410 WA0007

नेपालको संविधानमा कानुन के हो , कानुन कसरी बन्दछ , अधिकार के हो, नेपालको संविधानमा महिला अधिकार, अन्य कानुनमा महिला अधिकार लगायतका विषयहरमा छलफल गरीएको थियो ।

महिलाहरूलाई कानुनको बारेमा खासै जानकारी नहुँदा विभिन्न घरेलु, सामाजिक तथा मानसिक यातना, हिंसा जस्ताको सिकार हुनु परिरहेको छ ।

IMG 20230410 WA0010

त्यसैले कानुनको केही ज्ञान भएमा त्यसको प्रतिकार गर्न सकिने भन्दै अधिवक्ता खनालले ३ दिन सम्म तालीमबाट लाभ लिन आग्रह गर्नुभएको थियो ।

यसरी कार्यपालीका सदस्यहरुलाई ऐन कानुन बारे तालिम प्रदान गर्दा आम जनसामुदायमा काम गर्दा जनतालाई सुसुचित गराउन सम्मेत टेवा पुग्ने विश्वास लिएको छ ।

IMG 20230410 WA0009

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस