२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको ब्रम्हस्थानमा लोभलाग्दो कुरिलो खेती

२०७९ चैत्र २५, शनिबार प्रकाशित ( साल अघि) १२६३ पाठक संख्या

कोल्हुवा । पछिल्लो समयमा नवलपुलाई कुरिलो खेतिको हव बनाउने सोचमा पदम मोक्तान त्यस तर्फ लागीपरेका छन्। नवलपुरको मध्यविन्दु ३ ब्रमस्थानमा करिब डेड विगाह जमीनमा दुई बर्ष यता मोक्तानले कुरीलो खेतिगदै आएका हुन्।

विगत ४ बर्ष यता लोट्स कृर्षि तथा पशुर्फम दर्ता गर्दै अन्य तरकाली तथा फलफुल खेतीगर्दै आएका मोक्तान अन्य खेतिमा भन्दा भौगोलिक बातावरण तथा माटोको हिसाबले पनि कुरीलो खेति उपयुक्त हुन्छ भन्दै अहिले यस खेति तर्फ आकर्षण हुदै आएका छन्।

कुरिलो खेतीको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा कुरिलोको माग काठमाडौँ तथा बुटवल शहरी क्षेत्रमा बढि रहेको बताउँछन । यतिमात्रै होइन उनी आफूमात्रै सफल कृषक बन्न चहादैनन् । आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘दुःख गर्न सके विदेश जानै पर्दैन । आफ्नो गाउँघरको आगनीमै सुन फल्छ, फलाउन सकिन्छ ।

IMG 20230408 WA0002

कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिदै यसको बजारीकरणमा लागेका छन् । तर भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउदै नबलपुरमानै बाजारीकरण गर्दै उनले अन्य मानिसलाई रोजगारी सम्म्मेत दिएका छन् ।

सुरुमा थोरै जमीनमा कुरीलो रोपेका मोक्तानले अव क्षेत्र विस्तार गर्न लागी परेको बताए । विरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषक मोक्तानको भनाई छ ।

IMG 20230407 WA0020

कम लगानीमा राम्रो आम्दानी हुनेभन्दै यो पेसा अन्गालेको उनले बताए । आम्दानीको हिसाबले पनि राम्रो हुने कुरिलो खेतीका लागी मेहेनत पनि उतिकै गर्नु पर्छ । कम लगानीमा बढी फाइदा लिन सकिने कुरीलो प्रतिकेजी ५ देखि ६ सय रुपैया सम्ममा विक्री हुने गर्छ तर उनले ४ सय रुपैयामा बिक्रि गर्दै आएका छन् ।

यस फर्मबाट दैनिक ९ जनालाई रोजगारी दिन सर्फल भएका छन् । यसरी आफ्नै गाउँठाउमा रोजगार पाउदा यहाँका स्थानीयहरु पनि खुसि  देखिन्छन् । आफ्नो जिविको पार्जनको बाटो खुलेको बताउँछन् ।

IMG 20230407 WA0017

कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसंगै फाईदा पनि उतिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको छ । यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतिलाई प्रोत्साहन गर्ने गरी सम्बन्धित निकायले कार्यक्रम ल्याउन आवश्यक रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%६%

प्रतिक्रिया दिनुहोस