२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा अवैध उत्खनन् गर्ने १३ ट्याक्टर नियन्त्रणमा

२०७९ चैत्र २४, शुक्रबार प्रकाशित ( साल अघि) १०५१ पाठक संख्या

चोरमारा ।  नवपुरको मध्यविन्दु–१५ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा उत्खनन् गर्ने एक वटा ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।

मध्यविन्दु–१५ को अरुणखोलाबाट बिहान ४ः३० बजे अवैध उत्खनन् कार्यमा संलग्न १२ वटा ट्याक्टर सशस्त्र प्रहरी बेश क्याम्प चोरमाराका इन्स्पेक्टर सुमन बि।क।को नेतृत्वमा गएको नगर प्रहरी सहितको टोलिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरहरु आवश्यक कारवाहीको लागि मध्यविन्दु नगरपालिका पठाईएको छ ।

मध्यविन्दु १५ नदीजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता भएको उक्त क्षेत्रबाट अवैध रुपमा रातिको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी र नगर प्रहरीको टोलि सो क्षेत्र पुगेको थियो । ठेक्का सम्झौता भएको क्षेत्र भएपनि सम्झौता विपरित रातको समयमा उत्खनन् गर्नु अवैध हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो ।

“ठेक्का सम्झौता भएपनि सम्झौतामा तोकिएको समयमा मात्रै उत्खनन् गर्न पाइन्छ । अन्य समयमा अवैध हुन्छ ।”– पनेरुले भन्नुभयो –“अर्को कुरा नदीजन्य पदार्थ उत्खनन्को लागि खोलामा प्रवेश गर्ने सवारीहरुसंग अनिवार्य रुपमा रसिद समेत हुनुपर्छ ।”अवैध उत्खनन्मा संलग्न ना ६ त ६०१२, ना ६ त ६७७२, लु ४ त ५५५१, लु २ त ६४८९, ना ६ त ८२२७, ना ६ त ६५९६, लु ४ त ३०५८, लु ४ त ७८६५, लु ४ त ४९००, लु ४ त ७२९६, प्र। २–०३–००१ त १३ र प्र.२–०३–००१ त ४३७६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । मध्यविन्दु १३ को गिरुवारी खोलामा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिएको मध्यविन्दु नगरप्रहरी प्रमुख नारायण बिष्टले बताउनुभयो ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टहरुले पहिलो पटक १५ हजार रुपैया र त्यसपछि पटकेको आधारमा जरिवाना बुझाउनु पर्ने मध्यविन्दु नगरपालिकाको नियम रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%१%२%

प्रतिक्रिया दिनुहोस