२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

सीपमूलक तालिम सम्पन्न

२०७९ चैत्र १९, आईतबार प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

काठमाण्डु । पोते तथा क्रिष्टलका विभिन्न प्रकारका गहना बनाउने तालिम शुक्रवार सम्पन्न भएको छ । वी नेपालको आयोजना तथा काठमाण्डु महानगरपालिका वार्ड ३ को आर्थिक सहयोगमा सम्पन्न भएको उक्त तालिममा विभिन्न क्षेत्रका १५ जना महिलाहरू सहभागि भएका थिए ।

तालिम समापनलाई सम्बोधन गर्दै कामनपा वार्ड ३ का अध्यक्ष प्रेम थापाले, महिलाहरू आर्थिक रुपमा सशक्त हुन आवश्यक रहेको र यसको लागि वार्डबाट कस्तो कार्यक्रम चाहिन्छ त्यसको माग भए बमोजिम तालिम गर्न सहयोग गर्ने बताउनु भयो ।

साथै थापाले महिलाहरूबाट उत्पादन भएका वस्तुहरूको बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा वडा महिला सदस्य सर्मिला परियारले तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न आवश्यक रहेको बताउनु भयो ।

यसैगरी महिलाहरूलाई सीपमूलक तालिम लिने तर बजार व्यवस्थापन नहुँदा सीप सिकेर पनि त्यसको प्रयोग गर्न नपाएको वी नेपालकी अध्यक्ष सबु पौडेलले गुनासो गर्नु भयो । पौडेलले वी नेपाल, नेपालको विकट क्षेत्रहरूमा गएर महिलाहरूको आर्थिक सशक्तीकरण गर्न अग्रसर रहेको र सोही बमोजिम नेपालको विभिन्न क्षेत्रमा यस्तै प्रकारको तालीम दिई रहेको जानकारी दिनु भयो ।

५ दिनसम्म सञ्चालन भएको सीपमूलक तालिममा पोते तथा क्रिष्टलबाट विभिन्न प्रकारका गहनाहरू बनाउन सिकाइएको थियो । तालिमका प्रशिक्षकहरू भवानी श्रेष्ठ र लक्ष्मी केसी । हुनुहुन्थ्यो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस