२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरप्रमुख अधिकारीद्वारा एसईई परीक्षाको अनुगमन

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ५०० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शुक्रबार विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गर्नुभएको छ ।

प्रमुख अधिकारीले नगरका ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गर्नु भएको हो । उहाँले , नवजागरण माध्यमिक विद्यालय चोरमारा, नवलपुर बोर्डिङ स्कुल चोरमारा, कुमारवर्ती माध्यमिक विद्यालय कोल्हुवा परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नु भएको थियोे  । उहाँसँगै नगर प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत ( शाखा प्रमुख ) कृष्ण प्रसाद रेग्मी सहितको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।

FB_IMG_1680296199956

अनुगमनपछि नगर प्रमुख अधिकारीले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’ नगर प्रमुख अधिकारीले अब हुने एसईईको बाँकी परीक्षार्थीलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीलाई सुझाव समेत दिनुभयो।

FB_IMG_1680296204616

प्रमुख अधिकारीले विद्यार्थीलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभयो । आज विद्यार्थीले अनिवार्य अंग्रेजी परीक्षा दिएका थिए । मध्यविन्दु नगरपालिकाको कुमारवर्ती मावि कोल्हुवा , नवजागरण मावि चोरमारा, नवलपुर बोर्डिङ  चोरमारा, जनता मावि अरुणखोला टाँडी, जनता मावि मङलचौरका विद्यार्थीले परीक्षा दिएका छन् ।

मध्यविन्दुमा यसवर्षको एसईईमा १ हजार २७ विद्यार्थी सहभागी भएको नगर शिक्षा समन्वय समितिले जनाएको छ । नगरमा ४ वटा सामुदायिक विद्यालय र १ संस्थागत गरी जम्मा ५ वटा विद्यालयमा परीक्षा सुरु भएको छ । आज १७ गते शुक्रबारबाट सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस