२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा १ हजार २७ विद्यार्थीले आजदेखि एसईई दिँदै

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

चोरमारा । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको परीक्षामा मध्यबिन्दु नगरपालिकामा १ हजार २७ जना विद्यार्थीहरुले सहभागी जनाएका छन् ।

मध्यविन्दु नगरपालिका भित्रका संस्थागत र सामुदायिक विद्यालय गरि छात्राको संख्या ५ सय ५५ र छात्र ४ सय ७ जना विद्यार्थीहरुले एसईई परिक्षामा सहभागी जनाएको मध्यविन्दु नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मध्यविन्दु नगरपालिकामा ४ वटा सामुदायिक विद्यालय र १ संस्थागत गरी जम्मा ५ वटा विद्यालयमा परीक्षा सुरु भएको रेग्मीले बताउनुभयो ।

जसमध्ये कुमारवर्ती मावि कोल्हुवा , नवजागरण मावि चोरमारा, नवलपुर बोर्डिङ  चोरमारा, जनता मावि अरुणखोला टाँडी, जनता मावि मङलचौर परिक्षा केन्द्र तोकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस