२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एसइइ : ६ हजार बढि विद्यार्थिहरु सहभागी

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ११९६ पाठक संख्या

नवलपुर । नवलपुरमा आजबाट सुरु भएको एसइइ परिक्षामा नवलपुरबाट ६ हजार ५२२ जना परिक्षार्थी सहभागी भएका छन् ।

यसवर्ष जिल्लाबाट नियमित तर्फ ३ हजार १३२ छात्रा , ३ हजार १३५ छात्र, प्राविधिक तर्फ ९३ छात्रा , १२० छात्र र आंशिक तर्फ ग्रेड बृदिका लागि १२ जना छात्रा , ३० जना छात्र गरि कुल ६ हजार ५२२ जना परिक्षार्थीले रजिष्टेसन फर्म भरेर एसइइमा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका सूचना अधिकारी तिलक बहादुर खड्काले बताउनुभयो ।

जसमध्ये कावासोतीबाट १ हजार ५०१, देवचुलीबाट १ हजार ८३ , मध्यविन्दुबाट १ हजार २७, गैडाकोटबाट १ हजार २६३ परिक्षार्थी सहभागी भएका हुन  ।

यसैगरी हुप्सेकोटबाट ४४०, विनयी त्रिवेणीबाट ७२७, बुलिङटारबाट २६६ र बौदिकालीबाट २१५ जना परिक्षार्थी सहभागीहनुे सूचना अधिकारी खड्काले बताउनुभयो । एसइइका लागि नवलपुरमा कुल २८ वटा परिक्षाकेन्द्र तोकिएको उहाँले बताउनुभयो । पहिलो दिन विद्यार्थिहरुले अंग्रेजी विषयको परिक्षा दिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस