२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बाघको आक्रमणबाट २ जना घाइते

२०७९ चैत्र १६, बिहिबार प्रकाशित ( साल अघि) २४९० पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

पाल्हीनन्दन गाउँपालिकामा रहेको वैरवाको आँप र बाँसघारीको बगैंचामा बाघले आक्रमण गर्दा वडा नं: ४ का ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं:६ लंगडिपाकड बस्ने १८ वर्षीष सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

घाइते कोईरीको मुख ,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरु दुबैको पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार भईरहेको छ ।

बाघ अहिले पनि सोही बगैंचामा लुकेर बसेकाले वन कार्यालयको प्राविधिक टोली नियन्त्रणको लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%१%३%६%

प्रतिक्रिया दिनुहोस