२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

२०७९ चैत्र १६, बिहिबार प्रकाशित ( साल अघि) ८३२ पाठक संख्या

कावासोती । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड बढ्दै गएको छ ।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अनुसार चैते दशैं नजिकिएसंगै नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने गरेका छन ।

कालिका मन्दिरमा अहिले नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । २०३२ सालदेखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा करिब २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ ।

पन्ध्रौं शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखेर देवघाट धाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस