२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

आज भब्यताकासाथ रामनवमी मनाइँदै

२०७९ चैत्र १६, बिहिबार प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

मध्यविन्दु  । आज राम नवमी पर्व ।  रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।

आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ । आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।

IMG_20230330_062008

यस्तै, आज मध्यविन्दु – २ कोल्हुवा नव दुर्गा मन्दिरमा पनि भव्यरुमा पूजाआजा हुनेभएको छ । आज राम नवमी पर्वको अवसरमा वेद चण्डी, रुद्री, धार्मिक प्रवचन, सन्ध्याकालिन पूजा ,चण्डी पाठ, नव दुर्गा पुजा ,फूलटिका , रामायण पाठको बाचन , भजन, संकृतन र लगाएतका कार्यक्रम आज सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सरस्वती पन्थीले बताउनुभयो ।

IMG 20230330 WA0003

कोल्हुवामा रहनुहुने सम्पूर्ण हिन्दु धर्मालम्वीहरु साथै अन्य धर्मावलम्ली विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा उपस्थिति भै कार्यक्रम सफल बनाइदिन अध्यक्ष पन्थीले अनुरोध गर्नु भएको छ । राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस