२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु  

२०७९ चैत्र १५, बुधबार प्रकाशित ( साल अघि) ११५१८ पाठक संख्या

कावासोती । नवलपुरमा विषालु सर्पको टोकाईबाट एक जना बालिकाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं; १६ अमरापुरीमा डेरामा बस्ने एक परिवारको ९ वर्षिया छोरी मनिसा आले मगरको ज्यान गएको हो ।

बुलिङटार गाउँपालिका स्थायी ठेगाना रहेको आले मगरलाई
बुधवार बिहान करेट सर्पले डसेको हो। सर्पदंश भएको समयमै यकिन नहुँदा उनलाई तीन घण्टा पछि मात्र अस्पताल पुर्याइएको थियो । उनको समयमै उपचार हुन  नपाउँदा ज्यान गएको हो ।

सर्प संरक्षण, उद्दार तथा सर्पदंश सम्बन्धि सचेतनाको अभियानमा लागेका देवचुलीका अश्विन ओझाले घटनाका बारेमा जानकारी दिदै अझै पनि सर्पदंश सम्बन्धि सचेतनाको कमी भएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३१%१०%२१%२११%११%

प्रतिक्रिया दिनुहोस