२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

दुम्कौली स्वास्थ्य केन्द्रबाट १२ हजार बढिले लिए उपचार सेवा

२०७९ चैत्र १४, मंगलबार प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

देबचुली । नवलपुरको देवचुली नगरपालिकाको दुम्कौली स्वास्थ्य केन्द्र (नगर अस्पताल) बाट हाल सम्म १२ हजार बढिले सेवा लिएका छन ।

अस्पतालका सि।अ।हेब राजु रानाभाटका अनुसार २०७९ श्रावणदेखि हाल सम्म सेवा लिनेको संख्या १२ हजार एक सय ७० पुगेको जानकारी गराए ।

नेपाल सरकारले लागु गरेको विमा कार्यक्रम र प्रभावकारी सेवाका कारण विरामीहरु सरकारी अस्पतालमा आउने कारण पनि यो संख्या पुगेको रानाभाटले जानकारी दिए ।

यस्तै अस्पतालमा क्षय रोगका २२ जना विरामीहरुको नाम दर्ता भएको जनाइएको छ । गत वर्ष श्रावण देखि असार सम्म ३१ जना क्षय रोगका विरामीहरु रहेका थिए भने यो वर्ष गत वर्ष भन्दा बढ्ने अनुमान गरेको रानाभाटले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस