२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा द्वैध स्वामित्वमा रहेका जग्गाको विवरण संकलन

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ६७४ पाठक संख्या

मध्यविन्दु ।  नवलपरासी ( बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले द्वैध स्वामित्वमा रहेका जग्गाहरु विवरण संकलन गरेको छ। नगरपालिकाको विभिन्न वडाहरुमा जग्गाको स्वामित्व र भोग गर्ने व्यक्ति फरक भए गुनासो आएपछि नगरपालिकाले विवरण संकलनको लागि कार्यदल गठन गरेको थियो ।

कार्यदलले नगरपालिका भित्रको विभिन्न वडामा स्थलगत रुपमा द्वैध स्वामित्व भएका जग्गाहरुको विवरण संकलन गरेर आज नगर प्रमुख भिमलाल अधिकारीलाई प्रतिवेदन पेश गरेको हो । नगरपालिकाको विभिन्न वडाहरुमा दुई सय ३२ घरपरिवारले आफुले भोग गर्दै आएको जग्गाको स्वामित्व अन्य व्यक्तिको नाममा भएको भन्दै निवेदन पेश गरेका छन् ।

२०३७ देखि २०४२ साल सम्म वितरण भएका जग्गा धनि पुर्जामा वास्तविक जग्गाधनि भन्दा फरक व्यक्तिको नाममा पुर्जा कायम गरिएको भन्दै लामो समय देखि विवाद रहदै आएको छ । उक्त विवाद समाधानको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उद्देश्य सहित नगरपालिकाले कार्यदल गठन गरेको थियो ।

मध्यविन्दु नगरपालिका वडा नंं २ का वडा अध्यक्ष रामभक्त अधिकारीको संयोजकत्वमा रहेको कार्यदलमा नगर भित्र क्रियाशिल विभिन्न राजनितिक दलका प्रतिनिधिहरु सदस्य रहनु भएको थियो । उक्त कार्यदलले संकलन गरेको विवरण अनुसार सबै भन्दा धेरै मध्यविन्दु नगरपालिका वडा नं: ४ मा एक सय ७५ घरपरिवारको जग्गा अन्य व्यक्तिको नाममा दर्ता कायम रहेको छ । वडा नंं २ मा १०, वडा नंं ५ मा १०, वडा नं: ६ मा ११ र वडा नंं: १५ मा २६ घरपरिवारको जग्गाको स्वामित्व अन्य व्यक्तिको नाममा कायम गरिएको छ ।

जग्गा नापजाँच हुनुपूर्व नै जग्गाको जोतभोग गर्दै आएको व्यक्तिभन्दा फरक व्यक्तिको नाममा जग्गा दर्ता कायम भएपछि लामो समय देखि जग्गाको भोग गर्दै आएका व्यक्तिहरुले समस्या समाधानको लागि विभिन्न निकायहरुमा अनुरोध गर्दै आएका थिए । लामो समय देखि द्वैध जग्गा स्वामित्वको विषयमा उठ्दै आएको गुनासो सम्बोधनको लागि नगरपालिकाले तथ्यांक संकलन लगायतको काम अगाडी बढाएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

“बास्तविक जग्गाको हकदार व्यक्तिहरु जग्गाको स्वामित्व प्राप्त गर्नबाट बञ्चीत हुने विषय कुनैपनि अर्थमा स्वीकार्य हुने छैन्” उहाँले भन्नु भयो “जग्गा सम्बन्धि समस्याहरु समाधानको लागि सम्बन्धित निकायहरुमा नगरपालिकाले नै आवश्यक पत्रचार र समन्वय गर्ने छ ।” मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधानलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेर कामहरु अगाडी बढाएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस