२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणगढ–बुटवल सडक: चार वर्षमा २७ प्रतिशत मात्र प्रगती

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ४९९ पाठक संख्या

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २७ प्रतिशत मात्रै पूरा भएको छ । गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ ।

निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । थपिएको समय सकिन अब पाँच महिना पनि बाँकी छैन, तर कामले अझै गति लिएको छैन ।

थपिएको समयमा काम सम्पन्न गर्न कामको गति प्रतिमहिना १० प्रतिशतमा पुर्‍याउनुपर्छ । तर, अहिले कामको गति महिनामा २ प्रतिशत सम्पन्न गर्ने गरी भइरहेको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीपराज शाक्यका अनुसार थपिएको म्याद साउन २२ सम्म रहेको छ ।

विस्तारको कामका क्रममा हाल कालोपत्रे भइरहेको उनले बताए । यो सडक आयोजनालाई बुटवल–बर्दघाट र बर्दघाट–नारायणगढ गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । त्यसमध्ये बुटवल–बर्दघाट खण्डमा २५.७५ प्रतिशत र बर्दघाट–नारायणढ खण्डमा २७.५० प्रतिशत काम सकिएको छ । समग्रमा २७ प्रतिशत काम सम्पन्न भएको शाक्यले बताए ।

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाइउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस