२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय ८२ जना लाभावित

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) २९७ पाठक संख्या

कावासोती । नवलपुरको कवासोतिमा भएको निशुल्क स्वास्थ शिविरबाट २ सय ८२ जना लाभावित भएका छन् ।

स्तन क्यान्सर,अब्स्टेट्रिक फिस्टुला आङ खस्ने समस्या पाठेघरको मुखको क्यानसर र बाँझोपन सम्बन्धी स्त्रीरोग सम्बन्धि भएको सिविरबाट १२० जनाले थप उपचारकालागी मध्यविन्दु जिल्ला अस्पतालबाट सेवालिने भएका छन् ।

सामान्य समस्या देखिएकालाई निशुल्क औषधि तथा परामर्श सेवा प्रधान गरिएको कुमावर्ति स्वास्थ चौकीमा ईन्चाज प्रसुराम भुसालले नवलपुर न्यजलाई जानकारी गराउनुभयो । कावासोती नगरपालिका वाड नम्बर १७ गोछडा स्थीत कुमावर्ति स्वास्थ चौकीमा सो सिविर सम्पन्न भएको हो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ मन्त्रालय पोखराको आयोजनामा भएको कार्यक्रममा कावासोती  नगरपालीकाले समन्वय गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा.धर्म देव पौडेल र कालिका भण्डारीको टोलीद्धारा स्वास्य परिक्षण गरिएको थियो ।

गण्डकि प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालया माननीय मन्त्री पञ्चराम गुरुङ , सचिब बिनोद बिन्दु शर्मा , जिल्ला जनस्वास्य कार्यलयका प्रमुख केशव प्रसाद चापागाई ,जिल्ला अस्पतालका प्रमुख जितेन्द्र कडेल , डा.कमल न्यौपाने, अध्यक्ष चुरामणी थनेत विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्ति लगाएतको उपस्थीति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस