२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा पुरुषभन्दा महिलाको संख्या धेरै

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ३१० पाठक संख्या

गैंडाकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार गैंडाकोटको कुल जनसङ्ख्या ७९ हजार ३ सय ४९ रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित राष्ट्रिय एक कार्यक्रममा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभयो ।

तथ्यांक अनुसार गैंडाकोटमा पुरुषको भन्दा महिलाको संख्या धेरै रहेको छ । महिलाको संख्या ४१ हजार ४ सय २० रहेको छ भने पुरुषको संख्या ३७ हजार ९ सय २९ रहेको छ ।

त्यस्तै नवपुरमा जनसंख्या बृद्धिदर १।८६ प्रतिशत रहेको छ ।
जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख ७८ हजार ७९ रहेको छ । २०६८ सालको गणनामा नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस