२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा वातावरण पत्रकार मञ्चको अन्तरसंवाद कार्यक्रम सम्पन्न  

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

कावासोती । वातावरण पत्रकार मञ्चको १९औं स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । जिल्लाको कावासोती स्थित सनिबार अमलटारीमा वातावरण र बिकास ‘ लगायतका विषयमा सरोकारवाला, सामुदायिक र महिला सञ्चारकर्मीहरु बिच उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गरीएको हो ।

कार्यक्रममा स्थानिय तहमा निति निर्माण सगै पर्यटकिय विकास , योजना , वातावरण मैत्री विकास , कार्यान्वय, प्रभावकारी अनुगमन र त्यसको उच्च मुल्यांकनका विषयमा अन्तरसंवाद गरिएको थियो ।

IMG 20230326 WA0013

कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्वोधन गर्नु हुँदै कावासोती नगरपालीकाका उपप्रमुख फुलकुमारी थनेतले महिलाहरुको भुमिका धेरै भए पनि सोहि अनुरुप ठाउँ पाउन नसकेको बताउनुभयो ।

अमलटारी होमस्टेको मुहार फेरीदै पर्यटकिय क्षेत्र संगै अध्यन केन्द्र सम्म पुग्न सफलहुनुमा महिलाहरुको ठुलो भुमिका रहेको बताउनुभयो । तर पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा भने अझै परिवर्तन आउन नसकेको उहाँको भनाई छ । कार्यक्रम वातावरण पत्रकार मञ्च , कावासोती नगरपालिका र मानविकी संकायको संयुक्त आयोजनामा गरिएको हो ।

FB_IMG_1679818176458

त्यस्तै अन्तरसंवाद कार्यक्रममा वन बन्यजन्तु र स्वास्थ वातावरण संगै थारु सस्कृतिले गर्दा पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको नेपाल होमस्टे महाँसंघका केन्द्रिय अध्यक्ष प्रेमशकर मर्दनियाले बताउनुभयो । मर्दनियाले बन र बन्यजको संरक्षणले , पर्यटकिय क्षेत्रको विकास संगै यस क्षेत्रका समुदायको जीवनस्तर उकास्न समेत सहयोग गरेको बताउनुभयो ।

Received_769914967676273

कार्यक्रममा वातावारण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महाँसंघ नवलपुरका अध्यक्ष विरेन्द्र परजुली, मानविकि संकायका झब बहादुर सुनार विभिन्नन संघसंस्थामा आवद्ध महिला पत्रकारहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस