२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको जनसंख्या ६१ हजार,पुरुषको भन्दा महिलाको संख्या बढि

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ५६५ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिका जिल्लाको तेस्रो धेरै जनसंख्या भएको नगरपालिका भएको छ ।

मध्यविन्दु नगरपालिकाको जनसंख्या ६१ हजार भन्दा बढि रहेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक जनगणना २०७८ अनुसार मध्यविन्दु नगरपालिकाको जनसंख्या ६१ हजार ९१ रहेको छ ।

जनगणना २०७८ अनुसार मध्यविन्दु नगरपालिकामा २७ हजार ९८० पुरुष र ३३ हजार १११ महिलाको जनसंख्या रहेको छ । १५ हजार  ४३० परिवार संख्या र २६२ घरसंख्या रहेको छ ।

तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रमकाबीच ३ करोड नजिक पुगेको नेपालको जनसंख्या विवरण सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस