२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल रेडक्रस सोसाइटी चोरमारा उपशाखाको साधारणसभा

२०७९ चैत्र ११, शनिबार प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

चोरमारा । नेपाल  रेडक्रस  सोसाइटी चोरमारा उपशाखा मध्यविन्दु–७ को दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सनिबार सम्पन्न भएको छ ।

उपशाखाका सभापति बिन्दु काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति ऋषिराम ऋषिराम कंडेलको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा बोल्दै अतिथि कंडेलले रेडक्रस जस्तो सामाजिक क्षेत्रमा रहेर बिभिन्न बिरामी तथा रगतको समस्यामा परेका बिरामिहरुका लागि रक्तदान कार्यक्रम संचालन गरी उनिहरुलाई सहयोग गदै आइरहेको बताउदै यस क्षेत्रमा यस रेडक्रस सोसाइटिको अतुलनिय योगदान रहेको बताए ।

FB_IMG_1679760169326

त्यस्तै प्रथम अधिवेशबाट अध्यक्षमा दिलिप कुमार वाग्ले सभापतिमा निर्विरोध चयन भएका छन् । जसको उपसभापतिमा भुमा देवि गैरे, सचिवमा नेत्र नारायण पा्ख्रेल, सह– सचिवमा भिम प्रसाद गैरे , कोषाध्यक्षमा रामचन्द थापा, सह– कोषाध्यक्षमा बिष्णु कुमारि पन्जियार, सदस्यहरुमा रत्ना यादव, धर्मराज लुइटेल, कृष्ण गैरे, मनोज गुरुङ र शुभकान्त सुवेदि निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत ऋषिराम पाण्डेले सपथ ग्रहण गराएका थिए ।

FB_IMG_1679760148326

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस