२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम अमरापुरीमा सम्पन्न

२०७९ चैत्र ११, शनिबार प्रकाशित ( साल अघि) ६३८ पाठक संख्या

         “Plan your money ,Plant your Future 2023
Global Money Week 2023

कावासोती । सिटिजन्स बैङ्कका शाखा कार्यालयद्वारा सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सिटिजन्स बैङ्क नवलपुरका ५ वटा शाखा अमरापुरी,धारापानी, कावासोती, कोल्हुवा र आरुणखोला शाखाको संयुक्त आयोजनामा लक्ष्मी माध्यमिक विद्यालय आमरापुरिमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने , ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, विद्युतीय कारोबार सम्बन्धी जानकारीका सम्बन्धमा कोल्हुवा बैंक शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले प्रस्तुति दिनुभएको थियो ।

Received_218816100691758

त्यस्तै उक्त कार्यक्रममा धारापानी बैंक शाखा प्रबन्धक महराज शर्माले बैंन्किङ क्षेत्रमा ठगीबाट कसरी बच्ने सम्बन्धमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

१०० जना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा आरुणखोला बैंक शाखा प्रबन्धक ओमप्रकाश खनालले जोखिम व्यवस्थाबारे प्रकाश पार्नुभएको थियो । भने उक्त कार्यक्रम अमरापुरी शाखाका प्रमुख हरि पौडेलले प्रोजेक्टरको माध्यमबाट सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै कावासोती शाखा प्रबन्धक कविता डंगोलले कर्जा र बचतको बारेमा बैंकले कसरी व्यवस्था गर्छ भन्नेबारे विद्यार्थीहरुलाई प्रस्तुति दिनुभएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तब्य अमरापुरी शाखाका सहायक प्रमुख सागर अयालले गर्नुभएको थियो ।

Received_1865556997134088

यस्ता कार्यक्रमहरू अहिले सिटिजन्स बैङ्कले देशभरी गरिरहेको छ । यस अघि पनि असोज महिनामा कोल्हुवा शाखाले कोल्हुवामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस