२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

हिउँमा फसेका नवलपुरका सौरभ र अनितालाई सकुसल हेलिकप्टरबाट काठमाडौं लगियो

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) ३३३५ पाठक संख्या

कावासोती । पूर्व उत्तरी गोरखाको हिउँपहिरोमा बुधबारदेखि फसेका पूर्वी नवलपरासीका दुई जनालाई उद्धार गरी हेलिकप्टरमा काठमाडौं लगिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं लगिएको जानकारी दिए ।

नवलपरासी पूर्वका दलदलेका २५ वर्षीय सौरभ खनाल र अनितालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । सौरभको शरीरमा अक्सिजनको लेभल कम रहेकाले कम्तीमा २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

गृहमन्त्रालयले उद्धारका लागि पत्र लेखेर रक्षामन्त्रालयलाई आग्रह गरे पनि परिवारले साढे ४ लाख रुपैयाँ बुझाएका छन् । उद्धारमा गएको प्रहरी टोलीले उनीहरूलाई आज बिहान गोरखाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%६%८%१%१%२%

प्रतिक्रिया दिनुहोस