२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताउनुभयो । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा तारबार गरी छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी लोकाहामा राख्न थालिएको न्यौपानेले बताउनुभयो ।

नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई एकत्रित गरिएको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताउनुभयो । केही गाई नगरपालिकालाई राजस्व तिरेर चितवनस्थित एक फार्मले लगेको छ । अहिले करिब ४० गाई व्यवस्थापन केन्द्रमा छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ ।

छाडा चौपाया रेखदेख गर्न हेरालुको व्यवस्था गरिएको वडाध्यक्ष घर्तीले बताउनुभयो । आहाराको व्यवस्थापन गर्न समस्या भएको उहाँको भनाइ छ । नगरभित्रका गाईबाहेक अन्य ल्याउन नपाइने रेखदेखमा खटिनुभएका नारायण श्रेष्ठले बताउनुभयो । स्थानीयले गाई यहाँ ल्याएर राख्न खोज्दा व्यवस्थापन गर्न गाह्रो भएको छ । “गाई राख्छ भनेर थाहा पाएपछि कतिपयले घरमा पालेको समेत ल्याएर छाड्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस