२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) १११६ पाठक संख्या

कावासोती  । गैंडाको आक्रमणबाट नवलपुरमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरकी ५८ वर्षीय दरिमा थापा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठक जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय महाराजा सामुदायिक वनमा घाँस काटेर फर्किएको अवस्थामा उनीलाई गैंडाले आज दिउँसो आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट घाइते मगरको उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा लगिएको थियोे । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस