२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) ३१७७ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा मंगलबार राति करिब ७:३० बजे पिकप भ्यानले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ।

पूर्व-पश्चिम सडकखण्डअन्तर्गत धनगडवा देखि गडौरी तर्फ जादै गरेको पिकपले पिसाब फेर्ने क्रममा महिलालाई ठक्कर दिदा धनगडवाको बर्ष ४७ कि मोतिरानी कोहारको मृत्यु भएको जिल्ला परिकारलाई नवलपरासीले जनाएको छ ।

ठक्कर दिने पिकप पहिचान हुन नसकेको र फरार रहेको स्थानीयले जानकारी दिइएका छन । पिकपको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि मणिग्राम अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको सरावल गाउँपालिकाका एम्बुलेन्स चालक अनिल चौधरीले जानकारी दिनुभएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%५%१%१५%

प्रतिक्रिया दिनुहोस