२०८१ जेष्ठ ३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी सुचारु

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

कावासोती । नवलपुरमा वर्षासँगै बाढीले सडकको डाइभर्सन बिग्रिदा सोमबार रातीदेखि अवरूद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । आज बिहानदेखि बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी ( बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हिजो दिउस सञ्चालनमा आएको राजमार्ग मंगलवार साँझ परेको पानीले फेरी अवरुद्ध भएको महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा रोकीएका थिए । महेन्द्र राजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो ।

चोरमारा प्रहरी चौकीका अनुसार अव वर्षात नभएमा महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा सवारीसाधन दुवै तर्फि सञ्चालनमा रोक नभएको ढाकाराम लामिछानेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस