२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

१५ औ अन्तराष्ट्रिय डाउन सिण्ड्रोम गोष्ठी सम्पन्न

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) २७१ पाठक संख्या

काठमाण्डौ  । हामी सँग, हाम्रो लागि हैन भन्ने नाराको साथ १५ औ अन्तराष्ट्रिय डाउन सिण्ड्रोम दुई दिने गोष्ठी मङ्गलवार काठमाण्डौमा सम्पन्न भएको छ । डाउन सिण्ड्रोम सोसाइटि नेपाल द्धारा आयोजना गरिएको दुई दिनको कार्यक्रममा डाउन सिण्ड्रोम अर्थात बौद्धिक अपांगता भएका व्यक्तिहरूको पहिचान र अधिकार स्थापना गर्न अझै समय लाग्ने वक्ताहरूले बताएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले , “ राज्यले नेपालको संविधानमा नै अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेता पनि समाजले यसलाई सजिलै ग्रहण गनै नसकेको ” बताउनु भयो । यसके लागि समावेशी शिक्षा र जीविका पार्जन कार्यक्रम अझै प्रभावकारी बनाइने पन्तको धारणा रहेको थियो । त्यसैगरी नेपाल अपांग महासङ्घकी उपाध्यक्ष अनिता घिमिरेले , अपांगता भएका व्यक्तिहरूको सवालमा राज्यबाट सकारात्मक कार्य  भएका छन् तर व्यवहारमा उतार्न गाह्रो भएको गुनासो व्यक्त गर्नु भयो । यसले गर्दा अपाङ्ग भएका व्यक्तिहरूलाइ  हेर्ने दृष्टिकोण नै फरक भएको घिमिरेको भनाई रहेको थियो ।

कार्यक्रममा डाउन सिण्ड्रोम  सोसाइटी नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम समाज नेपाल १७ वर्ष देखि बौद्धिक अपांग भएका व्यक्तिहरूको मानव अधिकारको लागि काम गर्दै आइरहेको र भविष्यमा यसलाई निरन्तरता दिने बताउनु भयो । समाजमा हरेक तह तप्कामा रहेका व्यक्तिहरूको चासोको विषय बन्नु पर्ने र डाउन सिण्ड्रोम भएका व्यक्तिहरूको लागि समावेशी शिक्षा र जीविका पार्जनको लागि सीप मूलक तालिमहरू दिएर बजार प्रवर्द्धन राज्यले गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा ९ जनाले अपाङ्गताको सवालमा राज्य र अन्तराष्ट्रिय क्षेत्रमा भएका व्यवस्थाको बारेमा प्रस्तुती गर्नु भएको अधिवक्ता मुकुन्द दाहालले बताएका छन  । कार्यक्रमको दोस्रो दिन समापनको अवसरमा डाउन सिण्ड्रोम सोसाइटी नेपालका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना पत्र पठाउनु भएको थियो । दिवसको अवसरमा नेपाल अपांग महासङ्घका अध्यक्ष देवी दत्त, फिनल्याण्डका राजदूत, अस्ट्रेलियन राजदूत , अमेरिका राजदूतावासका प्रतिनिधिहरूले डाउन सिण्ड्रोम भएका व्यक्तिहरूको समावेशी शिक्षा र जीविका पार्जन गराउने सन्दर्भमा नेपाल सरकार सँग हातेमालो गर्न तयार र गर्दै पनि आएको बताउँदै शुभकामना दिएका थिए ।

यसैगरी समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले, बौद्धिक अपांगता भएका व्यक्तिहरूको क्षमताको कदर र काठमाण्डु बाहिरका व्यक्तिहरूको अवस्थाबारे बझ्न सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । डाउन सिण्ड्रोम सोसाइटी नेपालले प्रदेश स्तरीय समितिहरू गठन गरेको छ । डाउन सिण्ड्रोम (बौद्धिक अपांगता) बारेमा
संयुक्त राष्ट्रय संघले डाउन सिण्ड्रोम अर्थात बौद्धिक अपांगता भएका व्यक्तिहरूको पहिचान र अधिकार स्थापना गर्ने उद्देश्यले अन्तराष्ट्रिय दिवस सुरु गरेको हो । डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकामा साधारण अवस्था भन्दा एक क्रोमोजोम बढी अर्थात ४७ वटा हुन्छ ।

यो एक वढि क्रोमोजोमको थप एक सख्याले बौद्धिक अपांगता सिर्जना हुन्छ । बालबालिकामा यस्तो अवस्था बुवा आमा जसको वंशबाट पनि आउन सक्छ । यसैगरी विश्व स्वास्थ्य संगठनले प्रत्येक एक हजार बच्चा मध्ये एक जनामा डाउन सिण्ड्रोम हुने बताएको छ । यस अवस्थाका व्यक्ति संसारभरि प्राय एकै खालको अनुहारको बनोट भएको हुन्छ । नेपालमा सन् २००६ देखि २१ मार्चका दिन डाउन सिण्ड्रोम डे मनाईन थालिएको हो । नेपालमा अपांगता भएका व्यक्तिहरूको सख्या २.९ प्रतिशत छ भने बौद्धिक अपांगता भएका व्यक्ति १.९ प्रतिशत रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस